
हापुरे २२ कात्तिक ।
दाङको बबई गाउँपालिकाले प्लास्टिकजन्य मालाको प्रयोगमा रोक लगाएको छ । नेपाल सरकार वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ (१) ले दिएको अधिकार प्रयोग गरि प्लास्टिक जन्य फुल गुच्छा उत्पादन, भन्डारण तथा बिक्रिवितरणमा रोक लगाईएको बबई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले जानकारी दिनु भएको छ । अधिकृत भन्डारीका अनुसार कार्तिक २० गते बसेको गाउँकार्यपालिकाको बैठकको निर्णय अनुसार बबई गाउँपालिकाको स्थानिय वजारमा प्लास्टिकजन्य माला बिक्रि तथा प्रयोग नर्गन अनुरोध गरिएको छ ।


नेपालीहरुको महान पर्व तिहार नजिकिदै गर्दा प्लास्टिक जन्यमालाहरुको बिक्रि वितरण तथा प्रयोग बढ्ने र त्यसले वातावारणमा असर गर्ने भएकाले यसको बिक्रि र प्रयोगमा रोक लगाईएको बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीले बताउनु भयो । उहाँले अहिले दाङमा फुल खेती भईरहको र तिहारमा आबश्यक फुलहरु प्रसस्त भएकाले प्लास्टिकजन्य मालाको प्रयोग नगरि स्थानिय स्तरमा उत्पादन भएका प्राकृतिक फुलको प्रयोग गर्नुपर्ने बताउनु भयो ।