हापुरे, २७ असोज ।
दशैको मुखमा सामाजिक सुरक्षा भत्ता पाउँदा बबई गाउँपालिकाका लाभ ग्राही खुसी भएका छन् । गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ को प्रथम त्रैमासिक भत्ता दशै अगाडि नै वितरण गरेको भन्दै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरु खुसी भएका छन् ।

यो खुसी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै लाभ ग्राहीमा त छ नै, तर बबई गाउँपालिका वडा नं. २ र ३ का लाभग्राहीमा भने यो खुसी दोब्बर भएको छ । उनीहरुको खुसीको राज हो शाईन रेशुंगा विकास बैंक । बैंकको हापुरे शाखाले शनिवार र सार्वजनिक विदाको दिनमा समेत सेवा दिदै भत्ता वितरण गरेपछि लाभग्राहीको अनुहारमा खुसी छाएको छ ।

बबई गाउँपालिकाको केन्द्रमा रहेका अन्य बैंकहरु शनिवार र सार्वजनिक विदामा बन्द छन् । तर शाईन रेशुंगा बैकले भने शनिवार र घटस्थापनाको दिनमा समेत बैंकको सेवा प्रदान गर्ने शाखा प्रबन्धक प्रकाश न्यौपानेले बताउनु भयो । शाखा प्रबन्धक न्यौपानेका अनुसार शनिवार र आईतबार विदा भएपनि सामाजिक सुरक्षा भत्ता वितरणको काम भने नरोक्ने बताउनु भयो । “प्रबन्धक न्यौपानेले भननु भयो चाडपर्व नजिकिदै गर्दा बृद्ध बृद्धाले भत्ताको आश गरेरै बसेका हुन्छन् यस्तो बेला विदामा बस्न लाग्यो भने त उनीहरुको आशा निराशामा बदलिन्छ ।” उहाँले चाडपर्वको बेला सके सम्म धेरै खटेर सेवा दिनेमा आफु प्रतिबद्ध रहेको समेत बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर