हापुरे, २७ असोज ।

दाङको बबई गाउँपालिका वडा नं. ७ मठेउरी स्थित दाङको खैरावाङ भगवती मन्दिरको परिसरमा आज सरसफाई कार्यक्रम सम्पन्न भएको छ । दशैको घटस्थापना देखि नवमी सम्म संचालन हुने पूजा पाठलाई मध्यनजर गरी सरसफाई कार्यक्रम सम्पन्न भएको मन्दिर व्यवस्थापन समितका अध्यक्ष टोप वहादुर चौधरीले जानकारी दिनुभयो । सरसफाई कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनितिककर्मी, समाजसेवी, स्थानीयबासी तथा भक्तजन गरी करीब २ सय जनाको सहभागिता रहेको थियो ।

दाङको बबई ७ मठेउरीमा दैविय शक्ति उत्पन्न भई निर्माण भएको भगवति मन्दिरमा घटस्थापना देखि दशमीसम्म पूजा पाठ हुनेगर्दछ। मन्दिरमा पुजापाठका साथै सप्तसती पाठ, दैनिक नित्य पूजा आराधना पुस्पाञ्जली सहित बलि चढाउने मन्दिर व्यवस्थापन समितका अध्यक्ष टोप वहादुर चौधरीले जानकारी दिनुभयो । मुख्य कर्ताको रुपमा अम्मर चौधरी र पुजारी तथा मुख्य पुरोहितको रुपमा खैराबाङ भवानी सल्यानका लाल मोहर पुजारी दुर्गा पौडेल तथा सहायक पुरोहितको रुपमा देवेन्द्र पौडेल, शिवप्रसाद उपाध्याय रहेका छन् ।

यसैगरी भजन किर्तनका लागि भजनकर्ता नम वहादुर वली रहेका छन् । दाङमै खैरावाङ भगवती मन्दिर स्थापना भएपछि दाङमा भक्तजनलाई सहज भएको छ । पुजापाठमा सहभागि भई पुण्य कमाउनका साथ प्रसाद ग्रहण गरिदिन मन्दिरका मुख्यकर्ता अम्मर चौधरीले सबैमा आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर