तुलसीपुर, ९ असोज ।  

दाङमा यात्रुवाहक बस दुर्घटना हुदा २२ जना घाइते भएका छन । घाइते मध्य सुर्खेतको बिरेन्द्रनगर नगरपालिका २ का ६८ वर्षीय गंगादेवी पुलामी, उहाका ४० वर्षीय छोरा खगेन्द्र पुलामीको अवस्था गम्भिर रहेको कोहलपुर रिफर गरिएको छ । यस्तै अन्य घाइते हुनेहरुमा बिरेन्द्रनगर ४ का १९ वर्षीय पवन खत्री, बिरेन्द्रनगर १४ का ३० वर्षीय सुनाइन थापा, गाडी साहु सोही ठाउँका ३६ वर्षीय जितेन्द्र भट्टाई, र बर्दीयाको गुलरिया ६ का ३७ वर्षीय तिलक सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङ प्रवक्ता एवम् डीएसपी जनक बहादुर मल्लले जानकारी दिनुभएको छ । उनीहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । यस्तै दुर्घटनामा परी घाइते भएका सुर्खेत भेरीगंगा नगरपालिका ७ का ३८ वर्षीय रखबिर बस्याल, सुर्खेतकै लेकबेसी ७ का २३ वर्षीय शेर बहादुर रावत, दैलेखको गुरासे गाउँपालिका ७ का २३ वर्षीय प्रदिप बिसी, डुल्लु नगरपालिका ११ का ३९ वर्षीय गणेश बहादुर शाही, सोही ठाउाका २२ वर्षीय छबिलाल बिकलाई सैनिक अस्पताल बाँके पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते भएका अन्य सुर्खेतको बिरेन्द्रनगर १० का २४ वर्षीया उमा कुमारी हमाल, बिरेन्द्रनगर २ का २४ वर्षीय भुपेन्द्र शाही, बिरेन्द्रनगर ५ का ५४ वर्षीय जगत जंग राणा, बिरेन्द्रनगर १२ का ५२ वर्षीय मक्क बहादुर बुढा, दैलेखको भैरवी गाउँपालिका ५ का ५० वर्षीय बिसाखर रिजाल, भैरवी ३ का २५ वर्षीय कृष्णा आचार्य, डुल्लु नगरपालिका ५ का ५१ वर्षीय ऋषी प्रसाद उपाध्याय, डुल्लु १० का ६८ वर्षीय तेजेन्द्रनाथ योगी, नारायणी नगरपालिका १० का २८ वर्षीय रबिन्द्र हमाल, कालिकोटको तिला गाउँपालिका ९ का ३२ वर्षीय जिबन बिक र कञ्चनपुरको भिमदत्त नगरपालिका ४ की ७ वर्षीया सिमिया बोहरालाई उपचारका लागी कोहलपुर रिफर गरिएको छ । काठमाडौबाट सुर्खेतका लागी छुटेको कणाली प्रदेश ०२–००१ ख ०३६२ नम्बरको यात्रुवहाक बस दाङको लमही नगरपलिका ९ शिव खोला नजिकै एक्कासी अनियन्त्रीत भएर सडकको कल्भर्टमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ । बस सडकबाट १० मिटर तल खसेको थियो । बसमा ४० जना सवार रहेकोमा अन्य १८ जना भने सकुसल रहेका छन । बस चालक सुर्खेतको बिरेन्द्रनगर ३ का ३० वर्षीय कर्ण बहादुर रोकालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर