काठमाडौँ, २६ भदौ ।

संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको निधन भएको छ । काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा निधन भएको अस्पताललाई उदृत गर्दै एमाले प्रमुख सचेतक पदम गिरिले ईकान्तिपुरलाई जानकारी दिनुभएको छ । उहालाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । अहिले उहाको पार्थिव शरिर त्रिवि शिक्षण अस्पतालमै रहेको छ ।

उहाको निधनको खबरपछि एमाले नेताहरु शिक्षण अस्पताल पुगेका छन् । एमाले उपाध्यक्ष समेत रहेका नेम्बाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष हुनुहन्थ्यो । उनहा हाल इलाम २ बाट प्रतिनिधि सभामा निर्वाचित सांंसद हुनुभएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डगायतका नेताहरु अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर