हापुरे १३, भदौ ।
पश्चिम दाङको बबई २ मा बाघको आक्रमणबाट १३ वटा खसी बाख्रा मरेको छ । बबई गाउँपालिका २ माथिल्लो ट्वाङखोला जरेवासका शुसिला खत्रीका ७ वटा र छविलाल खत्रीका ६ वटा गरि जम्मा १३ वटा खसी बाख्रा बाघले मारेको स्थानिय कमला दर्लामीले जानकारी दिनुभएको छ । उहाँका अनुसार घर नजिकैको खरकट्टीमा चराउन लगेका बाख्रा मंगलवार दिउसो करिव ३ वजेतिर बाघले आक्रमण गरेको थियो ।

नजिकै जंगल भएकाले त्यस स्थानमा पटक पटक बाघले खसिबाख्रा खाने गरेको छ । यसपटक पनि २ घरका खोर रित्तिने गरि बाघले खसि बाख्रा खाईदिएपछि ठुलो क्षती भएको छ । बाघले खोरै रित्तिने गरि खसी बाख्रा मारेर क्षेती भएपछि कतैबाट राहतको समेत आशा गरेको शुसिला खत्रीले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर