हापुरे, २ भाद्र ।

कुनै दिन साईकलमा राखिएको झोलुंगोमा लोकल कुखुरा बोक्ने निमराज भन्डारीको दैनिकी फेरीएको छ । निमराजले अहिले पनि पेशाका रुपमा त कुखुराका भाले खरिद बिक्री नै गर्नु हुन्छ । १० वर्ष पहिले देखी सुरु गरेको उहाँको यो ब्यबसाय अहिले पनि उस्तै छ । तर पहिले र अहिले काम गर्ने शैलीमा भने फरकपन आएको छ ।

शान्तिनगर गाउँपालिका २ अमुवाका निमराज भन्डारी उमेरले ४५ वर्ष कटि सक्नु भएको छ । तर १० वर्ष पहिले देखी सुरु गरेको कुखुरा किनबेचको पेशा भने अझै गर्दै हुनुहुन्छ । पश्चिम दाङका गाउँहरुबाट खरिद गरेका लोकल कुखुराका भालेहरु तुलसीपुर वजारमा लगेर बिक्री गर्ने गरेका निमराजले तेही पेशाबाट आफ्नो परिवारको गुजारा चलाउनु भएको छ ।

दश वर्ष पहिले एउटा साईकिलबाट सुरु गरेको कुखुरा खरिद बिक्रिको पेशा अहिले मोटरसाईकिलमा पुगेको छ । जिउ भरी पसिनै पसिना हुँदै गाउँगाउँमा गएर कुखुरा खरिद गर्ने र तेही साईकिलमा झोलुंगो राखेर बोकेका कुुखुरा तुलसीपुर वजारमा लगेर बेच्ने गरेका निमराजले अहिले सररर मोटरसाईकलमा झोलुंगो बोकेर कुखुरा सप्लाई गर्ने गर्नु हुन्छ ।

दश वर्ष सम्म साईकिलमा पश्चिम दाङका सबै गाउँहरुमा डुलेका निमराज अहिले मोटर साईकलमा डुल्न पाउदा निकै खुसी हुनुहुन्छ । परिवार पाल्ने, बालबच्चा पढाउने, हुर्काउने सम्मका सबै खर्च ब्यबस्थापन भई रहेको पेशाबाट मोटर साईकल किनेर तेही मोटर साईकलमा कुखुरा ओसार पसार गर्न पाउँदा निमराज हर्सित हुनुहुन्छ ।

लोकल कुखुराले निमराजको जिवन निर्वाह भईरको छ । मोटर साईकल चढ्ने खास्सै रहर नभएपनि पेशा गर्नै पर्ने बाध्यताले बुढेसकालमा मोेटरसाईकल किनेको उहाँले बताउनु भयो । अहिले सम्म परिवारको गुजारा चलाईरहेको पेशा प्रतिको मोहले मोटरसाईकल किनेर भएपनि पुरानै पेशालाई निरन्तरता दिई रहेका निमराजले निरन्तरताले मान्छेलाई सफल बनाउने बताउनु भयो । उहाँले कुनै पनि काममा निरन्तररुपमा लागे परिवारलाई खुसी संग राख्न सकिने अनुभव आफु संग रहेको बताउनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर