
रोल्पा, २३– साउन । रोल्पामा यात्रुवहाक बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै ज्यान गएको छ भने १९ जना घाईते भएका छन् । रोल्पाको परिवर्तन गाउँपालिकाको बाघमारा देखि दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस आज मंगलबार दिउँसो सवा १ बजे थवाङ–घोराही शहिदमार्ग सडकखण्ड अन्र्तगत रोल्पाको त्रिवेणी गाउँपालिका–७ तिला स्थित रिचीगाउँ नजिकै दुर्घटना हुँदा ४ जनाको गएको छ भने १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिनुभएको छ ।
ज्यान जानेमा रोल्पाको माडी गाउँपालिका–२ निवासी २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका–४ निवासी ५० वर्षीय गोर्खे डाँगी,उहाँका श्रीमती ५० वर्षीया हस्ता डाँगी र परिवर्तन गाउँपालिका–३ निवासी ४५ वर्षीय भक्त विक रहेको प्रहरीले जनाएको छ ।


यस्तै घाईत हुनेमा माडिगाउँपालिका–६ निवासी १४ वर्षिया नविन,बुढा,त्रिवेणी गाउँपालिका– ७ निवासी ६२ वर्षिया कमानसिंह सुनार,रोल्पा नगरपालिका निवासी २५ वर्षिया कमानसिंह घर्ति,सोही ठाउँ निवासी २४ वर्षिया ईन्द्र कुमार घर्ति ,माडिगाउँपालिका–४ निवासी ९ वर्षिया मिलन डाँगी,यस्तै माडिगाउँपालिका–६ निवासी १५ वर्षिया मुकेश पुन रहेका छन् ।
यस्तै माडि गाउँपालिका–२ निवासी २० वर्षिया जितेश बाँठा,सोही ठाउँका २३ वर्षिया हिमानी घर्ति,उनका ११ महिने छोरा ओल्सन घर्ति,माडि गाउँपालिका–४ का २२ वर्षिया कविता खड्का,उनका ५ वर्षिया छोरा युस खड्का,सोही ठाउ
निवासी २६ वर्षिया मिना डाँगी,माडि गाउँपालिका–२ का २८ वर्षिया तिर्पना बाँठा,माडि गाउँपालिका–३ का २४ वर्षिया खुम्बु बुढा,त्रिवेणी गाउँपालिका–२ नुवागाउँ निवासी १७ वर्षिया पुर्णिमा बुढा,सोही ठाउँ निवासी १३ वर्षिया सुस्मिता बुढा,माडिगाउँपासलिका–२ निवासी ४० वर्षिया विर्जना घर्ति, सोही ठाउँ निवासी २४ वर्षिया कमल खड्का रहेका छन् । यस्तै चालक दाङको घोराही उपमहानगरपालिका १२ हापुर निवासी २४ वर्षिया हुमराज बस्नेत सामान्य घाईते भएका छन् । चालक अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् ।
त्यस्तै दुर्घटनामा घाइते भएकाहरूको उपचारका लागि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानमा पठाइएको सूचना अधिकारी भुसालले बताउनुभयो । बस सडकदेखि एक सय मिटर तल खसेको थियो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार तिब्र गतिका कारण उक्त दुर्घटना भएको बताईएको छ बसमा २३ जना यात्रु सवार भएको तथ्याङक प्राप्त भएपनि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।