हापुरे, ८ साउन ।

बबई गाउँपालिका भित्रका किसानहरुलाई कृषी यान्त्रिक सामाग्री बितरण गरीएको छ । बबई गाउँपालिकाको आर्थीक वर्ष २०७९÷८० को स्विकृत वार्षिक वजेटको कृषी विकास कार्यक्रम अन्तर्गत कृषीमा आधुनिकी करण गर्न ५० प्रतिशत अनुदानमा कृषी औजार सामाग्री बितरण गरीएको बबई गाउँपालिकाका कृषी बिकास शाखा प्रमुख चन्द्रशोभा कँडेलले जानकारी दिनुभएको छ ।

गाउँपालिकाको कृषी बिकास शाखामा दर्ता भएका कृषक समुह, कृषी सहकारी संस्था कृषी फर्महरुबाट निबेदन माग गरि प्राप्त निबेदनका आधारमा छनौट गरि सामग्री वितरण गरिएको हो । कृषकहरुका लागी ३० वटा मिनिटिलर, ७ वटा कनथ्रेसर, ४ वटा पानी तान्ने मोटर र ३ वटा ईलेक्ट्रोनिक स्पेयर वितरण गएिको थियो । वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री, उपाध्यक्ष बमकुमारी खड्का लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर