हापुरे, ३ साउन ।

पश्चिम दाङमा बबई नदिमा डुबेर एक बालकको मृत्यु भएको छ । बबई गाउँपालिका ६ खिलतपुरका राजकुमार थापाका १३ वर्षिय छोरा नविन थापाको नदिमा डुवेर मृत्यु भएको हो ।

बुधवार विहान साथीहरु संग माछा मार्न भनी घरबाट गएका १३ वर्षिय वालकको बबई नदिमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ । बबई नदिमा डुवेको खबर आएपछि प्रहरी र स्थानियले वालकको खोजी कार्य सुरु गरेको थियो ।

वालकको शव बुधवार दिउसो करिव साडे ३ वजेको समयमा फेला परेको थियो । उनी बबई गाउँपलिका वडा नं. ६ का वडा सदस्य हिराबहादुर थापाका नाती हुन ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर