
हापुरे, २५ असार ।
बबई गाउँपालिका ४ हापुरेमा पिपुल्सल्याण्ड इंगलिस बोर्डिङ स्कुलका एसईई पास भएका बिद्याथीहरुलाई बधाई तथा सम्मान गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि बिद्यालयले २०७९ सालको एसईईमा उतिर्न भएका आफ्ना बिद्यर्थीहरुलाई बधाई तथा सम्मान गरेको हो ।
बिद्यालयका प्रिन्सीपल मानबहादुर डाँगीको अध्यक्षता तथा ब्यबस्थापन समिती अध्यक्ष ज्ञान प्रसाद आईतबारेको प्रमुख आतिथ्यतामा सम्पन्न बधाई कार्यक्रममा बोल्दै बिद्यालयका अध्यक्ष आईतबारेले एसईई पछिको शैक्षिक यात्रालाई सोचविचार गरेर देश र समाजको माग अनुसार अगाडि बढ्न आग्रह गर्नु भयो ।


कार्यक्रममा बोल्दै बिद्यालयका प्रिन्सीपल डाँगीले आगामी दिनमा बिद्यालयको ईज्जतलाई उच्च बनाउने उदेश्य सहित अगाडि बढेर आफुलाई अब्बल बनाउन अनुरोध गर्नु भयो । बिद्यालयका सहायक प्रिन्सीपल विष्णु भन्डारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षक महेन्द्र खरालले गर्नु भएको थियो ।
पश्चिम दाङको ख्याती प्राप्त बिद्यालय पिपुल्सल्याण्डबाट जम्मा ४१ जना बिद्यार्थी एसईईको परिक्षामा सहभागी भएकोमा ३ जनाले ए प्लस, २३ जना ए र १५ जनाले वि प्लसमा जिपिएमा उतिर्न भएका छन् ।