
तुलसीपुर ,२३ असार ।
दाङमा पानीमा डुबेर एकजना बालकको ज्यान गएको छ । ज्यान जानेमा तुलसीपुर ७ गैरापातु निवासी तुलसी दमाईको ११ वर्षीय छोरा रबिन परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिनुभएको छ ।


प्रहरीका अनुसार अन्य दुईजना साथीहरू सँग आज दिउसो सवा १ बजेको समयमा पातुखोलामा नुहाउन गएको बेला पानीमा डुबेर गम्भिर घाइते भएका बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।