तुलसीपुर, २१ असार ।  

दाङको तुलसीपुरबाट रोल्पाका लागि छुटेको यात्रु बाहक बसले विद्युतीय तारलाई छुदा करेन्ट लागेर वावु छोराको  मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।  मृत्यु हुनेमा बसमा सवार रोल्पाको गंगादेव गाउँपालिका –४ निवासी ७० वर्षका बालाराम डाँगी र उहाँका छोरा ४५ वर्षका टोपलाल डाँगी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

गाडी धनी सल्यानको छत्रेश्वरी गाउँपालिका –६ निवासी ३३ वर्षका महेन्द्र वली गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । बसमा २७ जना यात्रु सवार रहेका थिए ।  तुलसीपुर सल्यान सडक खण्ड अन्तर्गत कपुरकोट गाउँपालिका ३ चोरखोला नजिकै लत्रिएको ११ हजार भोल्टेजको विद्युतिय तारमा रा १ ख ८३४ नम्बरको बसले छुँदा दुर्घटना भएको प्रहरीले बताएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर