
हापुरे १९, असार ।
पश्चिम दाङमा बबई नदिमा डुबेर एक जनाको ज्यान गएको छ । बबई गाउँपालिका ५ जौवारीका १७ वर्षिय सिताराम देवकोटाको बबई नदिमा डुबेर मृत्यू भएको ईलाका प्रहरी कार्यालय हापुरेका प्रहरी नायव निरिक्षक भीमबहादुर सुनारले जानकारी दिनु भएको छ ।
सुनारका अनुसार देवकोटा १७ गते साथी संग बबई १ को सिमलकुनामा गएको र हिजो १८ गते घर फर्कने क्रमममा बबई ५ को भालुखोलाबाट बबई नदि तर्ने क्रममा नदिले बगाएको थियो । उनलाई बगाएपछि उनी संग रहेका जंगबहादुर थापाले स्थानियलाई खबर गरेपछि खोजी कार्य सुरु भएको थियो ।


तबर आज विहान ८ वजे प्रहरीले खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरिक्षक मान बहादुर विसिको नेतृत्वमा गएको प्रहरी टोली र स्थानियको सहयोगमा मृतक देवकोटाको शव सिमलकुनामा दिउसो २ वजे फेला परेको थियो । देवकोटाको शव अहिले पोस्टमार्टमका लागी राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको प्रहरी नायव निरिक्षक सुनारले जानकारी दिनु भयो ।