
काठमाडौँ १८, असार ।
सुडानको ह्वाइट नाइल राज्यको आन्तरिक विस्थापन शिविरमा दादुराका कारण १३ जना बालबालिकाको मृत्यु भएको छ । गत जुन ६ देखि २७ सम्म शिविरमा दादुराका शङ्कास्पद २ सय २३ बालबालिकाको उपचार गरिएकोमा १३ जनाको मृत्यु भएको हो । स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एमएसएफले ७२ जनालाई उपचार गरिरहेको छ ।


गत अप्रिल १५ मा सुडानी सशस्त्र बल (एसएएफ) र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच युद्ध सुरु भएयता सुडानी शरणार्थीको सङ्ख्या तिव्र्र गतिमा बढि रहेको छ । जसले गर्दा सहयोग, खोप, पोषण सहायता, आवास, पानी र सरसफाइजस्ता सेवा तत्काल बढाउन आवश्यक छ । वर्षायाम नजिकिँदै गदौ सिविरमा पानीजन्य रोग र औलोको प्रकोप बढ्दै गएको छ ।