
तुलसीपुर १६, असार ।
दाङमा कोठा भाडामा बस्दै आएकालाई दलित भनेर विभेद गरेको भन्दै एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही १५ निवासी घरबेटी तारा प्रसाद पोख्रेल रहेका छन । पिडीतको उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनले अंगराज परियार र महेन्द्र बिश्वकर्मा माथि जातकै आधारमा विभेद गर्दै कोठा छाड्न दवाब दिएका थिए ।


आफुले घरमा दलित लाई नबसाएको भन्दै कोठा छोड्न भनेका थिए । कोठा खोज्न केहि सयम नदिई सामान झिकेर कोठामा ताला समेत लगाएको पिडितले बताएका छन । यसैविच यस घटनाको छानविन गरि दोषिलाई कारवाहीको माग गरिएको छ । प्रेस सेण्टर नेपालले विज्ञप्ती जारी गर्दै घटनाबारे ध्यानाकर्षण भएको जनाएको छ । यस्तै दलित पत्रकार संघ दाङले पनि साधारण सदस्य परियारमाथि भएको घटनाबारे ध्यानाकर्षण भएको जनाउदै कानुनी कारवाहीको माग गरेको छ ।