काठमाण्डौ १६, असार ।
तिनाउ नदीमा बाढी आएपछि रुपन्देही र पाल्पाका तटीय क्षेत्र जोखिममा परेको छ । बाढी पूर्वानुमान शाखाका अनुसार कुमालगाउँ, कोइलावास, डण्डा, तिलोत्तमा, गण्डकी, बलड्याङ्गी, जल्पा, देउराली नवल, मलुङ्गा, अत्रुलिटार, तानसेन र भैरहवामा रातिदेखि नै निरन्तर पानी परिरहेको छ । जसका कारण तिनाउ नदीको तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने भएकाले आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन शाखाले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर