तुलसीपुर, १५ असार । 

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मुत्यु हुनेमा जिल्लाको दंगीशरण गाउँपालिका १ का ३३ वर्षीय तारा प्रसाद बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन कुमार गौतमले जानकारी दिनुभएको छ । राजपुर गाउँपालिका ६ का अमृत रोकाले चलाएको रा ६ प ८९२४ नम्बरको मोटरसाइकलमा पछाडी बसेका विकको गएराती राजपुर ५ जंग्रहवा चोकमा दुर्घटनामा परि मृत्यु भएको हो । प्रहरीका अनुसार नाली निर्माणका लागि राखिएको बालुवामा चिप्लिएर मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा परि गम्भीर घाइते भएका बिकको कोहलपुर मेडिकल कलेजमा उपचारकै क्रममा आज बिहान ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । बिक अहिले राजपुर स्वास्थ्य चौकीमा निमित्त प्रमुखका रुपमा कार्यरत रहेको खुलेको छ । यस्तै सोही दुर्घटनामा परि घाइते भएका मोटरसाइकल चालक रोकाको अहिले प्रहरीको निग्रानीमा उपचार भइरहेको र डिस्चार्ज भए पश्चात नियन्त्रणमा लिएर घटनाको विषयमा आवश्यक अनुसन्धान अगाडी बढाउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर