हापुरे असार, १० गते ।

दाङको बबई गाउँपालिकाकाे केन्द्र हापुरेमा बबई फिट्नेस जिम क्लबकाे उद्घाटनगरिएको छ। जिम क्लबकाे आईतवार एक कार्यक्रमका बिच  बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीले उद्घाटन गर्नुभएको हाे । जिम क्लबकाे उद्घाटन गर्दै अध्यक्ष क्षेत्रीले ब्यक्तिगत स्वास्थ्यकाे लागि जिमक्लबले ठुलाे अर्थ राख्ने भन्दै राम्रो कामकाे सुरुवात गरेकाेमा सञ्चालकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

बबई गाउँपालिका ४ मा स्थापना भएकाे जिमक्लबमा अनुभवप्राप्त प्रशिक्षकबाट नियमित सिकाउने जिमक्लबका सञ्चालक माेहन भण्डारीले बताउनुभयो । समयकाे माग अनुसार आम बबई बासिकाे स्वास्थ्यलाई समेत मध्यनजर ठुलाे लगानीमा जिमक्लब उद्घाटन गरिएको बताउदै भण्डारीले जिमक्लबकाे भविष्य राम्रो भएको र  ब्यबसायिक रुपमा सफल हुनेमा आफू बिस्वस्त रहेकाे  बताउनुभयो ।

उद्घाटन कार्यक्रममा बबई गाउँपालिका ४ का वडाध्यक्ष टेक बहादुर वली, राष्ट्रिय स्वतन्त्र पार्टीका दाङ जिल्ला संयाेजक भक्त डाँगी हापुरे उधाेग बाणिज्य संघका अध्यक्ष टिकाराम खत्री,ईलाका प्रहरी कार्यालय हापुरेका प्रमुख प्रहरी नायव निरिक्षक भिम बहादुर सुनार, रेडियो हापुरेका कार्यालय प्रमुख रामप्रसाद सुवेदी, छहरा अनलाइनका अध्यक्ष झुपलाल बुढा क्षेत्री लगायतको उपस्थिति रहेको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर