हापुरे ६, असार ।

बबई गाउँपालिकामा किसान सुचिकरण हुने भएको छ । नेपाल सरकार कुषि तथा पशुपंक्षी विकाश मन्त्रालयको  कृषी विकास रणनिति अन्तरगत किसान सुचिकरण कार्यक्रम सञ्चालन हुन लागेको बबई गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रशाेभा कँडेलले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार वास्तविक किसानको पहिचान, कृषि पकेट क्षेत्र निर्माणको सम्भाब्यता अध्ययनका लागी किसान सुचिकरण कार्यक्रम सञ्चालन गर्न लागिएको बताईएको छ ।  पहिलो चरणमा बबई गाउँपालिकाका २ वटा वडा १ नम्बर वडा र ५ नं. वडामा किसान सुचिकरण कार्यक्रम सञ्चालन गर्न लागिएको शाखाका कर्मचारी दिपेन्द्र डाँगीले बताउनु भयाे ।

वडा नं. १ र ५ मा सुचिकरण सहजकर्ता समेत खटाई सकिएको उहाँले बताउनु भयो । असार ६ गते देखी सुचिकरणको फारम भर्न गएका सहजकर्तालाई प्रत्यक घरपरिवारले सहि विवरण उपलब्ध गराई सहयोग गर्न समेत कृषि शाखा प्रमुख कँडेलले अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर