हापुरे ५, असार ।

बबई गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को निति तथा कार्यक्रम असार ७ गते सार्वजनिक हुने भएको छ । हसार ७ गते दिउसो १ वजे बबई गाउँपालिकाको १३ औं गाउँसभामा वार्षिक निति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको गाउँपलिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीले जानकारी दिनु भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुक्ति नन्द रावलले मंगलवार एक सुचना जारी गर्दै बबई गाउँपालिकाको १३ औं गाउँसभा असार ५ गते वोलाउनु भएको हो । उक्त दिन गाउँपालिकाको वार्षिक निति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यसुचि रहेको सुचनामा उल्लेख गरिएको छ । स्थानिय तहको वार्षिक निति तथा कार्यक्रम र वार्षिक वजेट असार १० गते भित्रै ल्याउनु पर्ने संवैधानिक ब्यबस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर