
काठमाडौ, ४ असार ।
भारतको उत्तर प्रदेश र त्यससँग जोडिएको राज्य बिहारमा पछिल्लो तीन दिनमा गर्मीका कारण मृत्यु हुनेको संख्या ९८ पुगेको छ । गर्मीका कारण उत्तर प्रदेशमा ५४ जनाको मृत्यु भएको छ भने बिहारमा ४४ जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार गर्मीका कारण बिरामी परी मृत्यु भएका अधिकांश व्यक्ति ६० वर्षभन्दा माथिका छन् ।


भारतीय मौसम विज्ञान विभाग (आईएमडी) को तथ्यांकअनुसार शुक्रबार र शनिबार देशका केही भागमा अधिकतम तापक्रम ४२.२ डिग्री सेल्सियस पुगेको थियो । यो सामान्यभन्दा ४.७ डिग्री सेल्सियस बढी हो । उत्तर प्रदेशको बलिया जिल्ला गमीृबाट सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँको जिल्ला अस्पतालमा पछिल्लो तीन दिनमा चार सय जना भन्दा बढी मानिसलाई भर्ना गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।