
काठमाडौं ४ असार ।
नेकपा एमालेका सांसद दीपा शर्माले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रका लागि सरकारले बजेट नछुट्ट्याउनुले शंका उब्जाएको बताउनुभएको छ । आज प्रतिनिधिसभा बैठकमा उहाँले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीको विकास तथा सीमा संरक्षण गर्न सरकारले बजेट नछुट्ट्याउनुले शंका उब्जाएको बताउनुभएको हो ।


सो क्षेत्रका नागरिकको जनगणना किन गरिएन भन्दै उहाँले प्रश्न समेत गर्नुभयो । साथै उहाँले भारतको संसदमा अखण्ड भारत नाम दिएर राखिएको नक्सामा नेपाली भूमि समेटिएको विषयमा नेपाल सरकारले बोल्नुपर्नेमा पनि जोड दिनुभयो । भारत सरकारलाई पत्र पठाएर सो नक्सा खारेज गर्न लगाउनुपर्ने उहाँको माग छ ।