
काठमाडौं ४ असार ।
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सांसदहरुको मागअनुसार बजेट संशोधन नभए बजेट पास हुन नदिने बताउनुभएको छ । आज प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै अध्यक्ष डा.राउतले बजेटमा सांसदका मागहरु सम्बोधन हुने गरी बजेट सशोधन नभए सत्तापक्षका सांसदहरुले नै बजेट पास हुन दिन नहुने बताउनुभयो ।


उहाँले पूर्वाधार विकास समितिले सुझावसहित बजेट संशोधनको प्रस्ताव लैजान माग गर्नुभयो । सुझावसहित बजेट संशोधनको प्रस्ताव कार्यान्वय नभए पनि सरकारले ल्याएको बजेट संशोधनको आवश्यकता रहेको उहाँले बताउनुभयो ।
उहाँले एक जना मन्त्रीले मात्रै बजेट बनाउने भए दुई सय ७५ सांसदहरु आवश्यकता नभएको भन्दै निर्वाचित भएर आएका सांसदहरुको कुरा सरकारले सुन्नुपर्ने जिकिर गर्नुभयो ।