काठमाडौं ४ असार ।
विभिन्न चार राजनीतिक दलले आज समाजवादी मोर्चा घोषणा गर्ने भएका छन् । गत मङ्सिरको निर्वाचनपूर्व नै घोषणा गर्ने भनिएको मोर्चा आज गठन हुन लागेको हो । दिउँसो ३ बजे काठमाडौँमा एक समारोहका बीच नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपाले मोर्चा गठनको घोषणा गर्न लागेका हुन् ।

 

राष्ट्रिय सभागृहमा मोर्चा घोषणा कार्यक्रम राखिएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार भविष्यमा पार्टी एकतासम्मको लक्ष्य राखेर मोर्चा घोषणा गर्न थालिएको र त्यसका लागि १५ बुँदे प्रतिबद्धतापत्र तयार भएको छ । मोर्चाको संयोजनका लागि केन्द्रमा चारै दलका प्रमुखसहित पार्टी शीर्ष नेता सम्मिलित संयोजन समिति रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर