वालकृष्ण पाण्डे–हापुरे २८ जेष्ठ ।
बबई गाउँपालिकाको हंसपुर स्थित प्रहरी चौकी पुरन्धाराको भवन एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । पुरन्धारा प्रहरी चौकीको भवन लुम्बिनी प्रदेश प्रहरी प्रमुख एवम प्रहरी नायब महानिरिक्षक उमेशराज जोशीले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै प्रहरी प्रमुख जोशिले भवन निर्माण सङ्गै प्रहरिको समुदाय प्रतिको जिम्मेवारि बढेको बताउनु भयो । समुदायमा शान्ती सुरक्षा कायम गर्न प्रहरीमा कानुनी ज्ञानका साथै प्रहरीको व्यबहार पनि उत्तिकै सहज र सरल हुनु पर्ने जोशीले बताउनु भयो ।

लुम्बिनी प्रदेशका १२ जिल्ला मध्य दाङ सबै भन्दा धेरै अपराधीक क्रियाकलाप हुने जिल्लाका रुपमा देखिएको र यस्को न्यूनीकरणको लागि प्रहरी लागिपरेको पनि प्रमुख अतिथी जोशिले बताउनु भयो । उहाँले अपराध मान्छेको मनबाट पैदा हुने भएकोले सबै भन्दा पहिले आफ्नो मनवाट अपराधीक क्रियाकलाप जन्य सोच हटाउन प्रहरीले जनचेतना फैलानु पर्ने बताउनु भयो । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओलिले प्रहरीको एकल प्रयास बाट मात्रै शान्ती सुरक्षा कायम गर्न सम्भव नभएको बताउदै समाजका सवै नागरिक मिलेर शान्ती सुरक्षा कायम गर्नु पर्ने बताउनु भयो ।

बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीको अध्यक्षता तथा लुम्विनी प्रदेश प्रहरी प्रमुख जोसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भवन निर्माणमा सहयोग पु¥याउने आधा दर्जन बढि ब्यक्ति तथा संघ संस्थालाई प्रसंशा पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन, सामुदायिक प्रहरी सेवा केन्द्र घोराही दाङका अध्यक्ष आरके शितल, नागरिक समाजका प्रतिनिधि गङ्गाधर कडेल लगाएतले बोल्नु भएको थियो । ईप्रका तुल्सिपुरका प्रमुख पुस्पराज मल्लस्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रहरी जवान बिनोद आचार्यले गर्नु भएको थियो ।

भवन लुम्बिनी प्रदेश सरकारको नियमित बजेट अन्तरगत १ करोड ५१ लाख २८ हजार ५ सय ९० रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर