
कालीकोट, २७ जेष्ठ ।
कालीकोटको शुभकालीका गाउँपालिका ६ को गविरामा गएराति जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीप चालक शुभकालीका २ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालीका ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले ३ का २५ वर्षीय गोपाल सलामी मगर रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले जानकारी दिनुभएको छ । साथै घटनाबारे थप जानकारी आउन बाँकी रहेको उहाले बताउनुभएको छ ।

