
हापुरे २७ जेष्ठ ।
अत्याधिक गर्मिका कारण बबई गापाका विद्यालय असार १ गते सम्म बन्द हुने भएका छन् । बबई गाउँपालिका शिक्षा, यूवा तथा खेलकुद शाखा प्रमुख मोहनलाल दाहालले एक सुचना जारी गर्दै यस्तो बताउनु भएको छ ।


मौषम अत्याधिक गर्मि भएको र यसले वालवालिकालाई असर गर्ने भएकाले बिद्यालय बन्द गर्न लागिएको सुचनामा उल्लेख गरिएको छ । घर्मिका कारण विभिन्न किसिमका सम्स्या पैदा हुँने र विभिन्न रोगको सिकार हुन सक्ने बताउदै यस्तो मौषममा सफा खानेकुरा खानुपर्ने, सफा कपडा लागाउन, स्वच्छ पानि पिउन सुचना मार्फत अनुरोध गरिएको छ ।
बबई गाउँपालिकाका सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई जेठ २८ गते आईतवार देखी असार १ गते शुक्रवार सम्म बन्द गर्न सुचना मार्फत निर्देशन दिईएको छ । मौषममा सुधार आउन केही दिन लाग्ने मौषम विदहरुले बताई रहेका बेला वालवालिको सुरक्षाकालागी विद्यालय बन्द गरिएको सुचनामा उल्लेख गरिएको छ ।