तुलसीपुर, १२ जेठ । 

दाङमा हिजो जिपको ठक्करबाट एक शिक्षीकाको मृत्यु भएपछि पिडीत पक्षले आज बिहानै देखी हापुरे तुलसीपुर सडकखण्ड अवरुद्ध पारेका छन । मृतकका आफन्तीहरुले उचित क्षेतीपुर्तीको माग गर्दै तुलसीपुरको पुलचोकमा सडक अवरुद्ध बनाएका हुन । जसले गर्दा उक्त सडकखण्डमा स्कुल बसदेखी अन्य सम्पुर्ण सवारीसाधन समेत आवागमन ठप्प भएको छ ।

हिजो बिहिबार अध्यापनका लागि शान्तिनगर गाउँपालिका–७ मा रहेको माध्यामिक विद्यालय तुलसीपुरमा जाँदै गरेकी शिक्षीका सवार रा ७ प ४२३७ नम्बरको स्कुटीलाई दंगीशरण–५ कुमालगडीमा रा १ ज ९२३ नम्बरको जिपले बिहान पौने १० बजे ठक्कर दिएको थियो । जिपको ठक्करबाट गम्भिर घाइते भएकी तुलसीपुर उपमहानगरापलिका– ९ बेलुवा निवासी ३७ वर्षकी सिता लम्सालको थप उपचारका लागी नेपालगञ्ज लैजादै गर्दा बाटोमै ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर