
हापुरे ७ जेष्ठ ।
पश्चिम दाङको बबई गाउँपालिका ५ पुर्वहापुरेमा टिप्पर र अटो एकआपसमा ठोक्किदा एक जान घाईते भएका छन् । पुर्वबाट पश्चिम तर्फ आउदै गरेको लु २ ख ५२७४ नम्बरको टिप्पर र पश्चिमबाट पुर्व तर्फ गईरहेको रा १ ह ४२४७ नम्बरको अटो एक आपसमा ठोक्किदा अटो चालक बबई ५ बस्ने वर्ष ४७ का मेघराज न्यौपाने घाईते भएको ईलाका प्रहरी कार्यालय हापुरेका ईन्चार्ज प्रहरी नायव निरिक्षक भीम बहादुर सुनारले जानकारी दिनुु भएको छ ।
करिव १०ः ३० वजेको समयमा दुर्घटना भएको उहाँको भनाई छ । घाईते न्यौपानेलाई उपचारको लागी परिवारको साथमा राप्ति प्रादेशिक अस्पतालमा पठाएको प्रहरीले बताएको छ । अटो चालकको टाउको हात र छातीमा चोट लागेको छ । टिप्पार चालक र टिप्परलाई नियान्त्रणमा लिएको प्रहरी बताएको छ । अटोमा अटो चलाक न्यौपाने मात्रै सवार रहेका थिए ।

