
दाङ, ५ जेठ ।
दाङको देउखुरीमा शुक्रबार बिहान दुईवटा बस ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा रोल्पा रुन्टीगढी–९ निवासी २४ वर्षीया शोभा परियार रहेको र दुर्घटनामा उनका दुई छोरासहित २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिनुभएको छ ।

लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा आपसमा ठोक्किएर दुर्घटना भएको डीएसपी गौतमले बताउनुभयो । घाइतेहरुलाई उपचारका लागि लमही लगिएको उहाले बताउनुभएको छ ।