
निरास पाण्डे, शान्तिनगर ५, जेठ ।
शान्तिनगर गाउँपालिका वडा नम्बर ५ स्थित समता कृषि सहकारी संस्था लिमिटेडको १४ औं स्थापना दिबस बिहीवार कांसिपुरमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष ज्ञानेन्द्र राज शर्माको अध्यक्षता तथा ५ नं. वडाका अध्यक्ष ओपेन्द्र रावतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथी रावतले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको उदघाटन गर्नु भएको थियो।
स्थापना दिबसको अबसरमा बोल्दै प्रमुख अतिथी रावतले सहकारी संस्थाको संख्या र सदस्य हरुको वृद्धि गर्ने गरि सहकारी सम्बन्धि प्रशिक्षण कार्यक्रम लाई बिबिधिकरण र बिस्तार गरिनु पर्ने बताउनु भएको छ। कार्यक्रममा ऋण असुली उपसमितिका संयोजक राम बहादुर केसी , लेखा समिती सदस्य पबित्रा ओलि, भुपाल डाङ्गी, बालकृष्ण ओलिले बोल्नुभएको थियो उपाध्यक्ष बिमला खड्काले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको थियो भने स्थापना दिबसको उपलक्ष्यमा कुर्सी दौड प्रतियोगिता पनि गरिएको थियो । कार्यक्रमको संचालन लेखा संयोजक कोमल केसील गर्नु भएको थियो।

