
हापुरे, बैसाख ३० गते।
नेपाली कला संस्कृति संरक्षणकाे आधार, हरेक प्रतिभाकाे पहिचान सम्मान र बिस्तार भन्ने उदेश्यका साथ जिल्ला प्रशासन कार्यालय दाङमा आधिकारिक रुपमा दर्ता भएको संस्था संगिना संरक्षण मञ्च नेपालकाे कार्यालय उद्घाटन उद्घाटन भएको छ।



शनिबार बबई गाउँपालिकाकाे सेन्टरबजार हापुरेमा एक कार्यक्रमका बिच बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्री र उपाध्यक्ष बमकुमारी खड्काले संयुक्त रुपमा रिबन काटेर कार्यालयकाे उद्घाटन गर्नुभएको हाे । कार्यालय उद्घाटन गर्दै अध्यक्ष क्षेत्रीले नेपाली कला संस्कृति संरक्षणकाे उदेश्यले स्थापना भएको संस्थालाई अगाडि बढाउने जिम्मेवारी पालिकाकाे भएकाे बताउनुभएको छ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष क्षेत्रीले खेलकुद,शिक्षा,स्वास्थ जस्तै संस्कृति संरक्षणकाे बिषय समेत पालिकाकाे मुख्य एजेन्डा भएकाे बताउदैं आगामी निति तथा कार्यक्रममा पालिकाले संस्कृति संरक्षणकाे बिषय प्राथमिकतामा राखेर बजेट निर्माण गरिने बताउनुभयो ।
कार्यक्रमका बिशिस्ट अतिथि बमकुमारी खड्काले बबई गाउँपालिका भित्र लुकेर रहेका प्रतिभाहरु पहिचान गर्न संगिना संरक्षण मञ्चले महत्त्वपूर्ण भुमिका खेल्नेमा आफू बिस्वस्त रहेको बताउनुभयो । उपाध्यक्ष खड्काले पालिकनले संस्कृति संरक्षणमा संस्थासंग सहकार्य गर्न तयार रहेकाे बताउनुभयो ।
कार्यक्रमकै अवसरममा संगिना संरक्षण मञ्च नेपालका तर्फबाट अध्यक्ष पुस्करराज पाैडेलले अध्यक्ष कुल बहादुर खत्री क्षेत्री र उपाध्यक्ष बमकुमारी खड्कालाई ज्ञापनपत्र समेत बुझाउनुभएकाे छ। आगामी बर्षकाे बजेट निर्माणमा प्रतिभा पहिचान तथा संस्कृति संरक्षणकाेश शिर्षकमा बजेट बिनियाेजन गरिदिन अनुराेध गर्दैं ज्ञापनपत्र बुझाइएको बताइएको छ।
संगिना संरक्षण मञ्चका अध्यक्ष पुस्करराज पाैडेलकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाकाे उदेश्यमाथी संरक्षक अर्जुन परियारले प्रकाश पार्नुभएकाे थियाे । संस्थाका उपाध्यक्ष राजकुमारी बुढाले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमकाे सञ्चालन महासचिव रामप्रसाद सुवेदीले गर्नुभएको थियाे