हापुरे,बैसाख ३० गते ।

दाङको बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीले अखाद्य र मिति नाघेका बस्तुहरु बिक्रीवितरण गर्दा मानबिय स्वास्थ्यमा गम्भीर असर पार्ने बताउनुभएको छ। घरेलु तथा साना उधाेग कार्यालय दाङले आयाेजना गरेकाे उधाेगी ब्यवसायीले दिनुपर्ने सेवा र बस्तुकाे गुणस्तर बिषयक १ दिने कार्यशाला कार्यक्रममा बाेल्दै अध्यक्ष क्षेत्रीले यस्तो बताउनुभएको हाे ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पालिका अध्यक्ष क्षेत्रीले पालिकाले अनुगमन गरेन भन्दैमा ब्यबसायीहरुले अखाद्य बस्तुहरुकाे बिक्रीवितरण गर्न नहुने बताउनुभयो । कार्यक्रममा खाध्य तथा गुण नियन्त्रण कार्यालय तुलसीपुरबाट खाध्य स्वच्छता बिषयमा कार्यपत्र , उपभोक्ता हित संरक्षण सम्बन्धि कार्यपत्र ,उपभोक्ता हित सम्बन्धि बर्तमान कानुनि ब्यबस्था संगै घरेलु घरेलु तथा साना उधाेग कार्यालयकाे सेवा प्रवाह सम्बन्धि कार्यपत्र सहित ३ वटा कार्यपत्र प्रस्तुत गरिएको थियाे ।

घरेलु तथा साना उधाेग कार्यालय दाङका उधाेग अधिकृत मिनराज पाण्डेकाे अध्यक्षता, बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीकाे प्रमुख आतिथ्यता तथा बबई गाउँपालिका उपाध्यक्ष बम कुमारी खड्काकाे बिशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन घरेलु तथा साना उधाेग कार्यालय दाङका अधिकृत छैठाैं बिक्रम केसीले गर्नुभएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर