हापुरे २४ बैशाख ।

शान्तिनगर युवा संजालले मानव बेचबिखन विरुद्धको जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेको छ । आईएनएफ दाङको आर्थिक सहयोग तथा शान्तिनगर युवा संजालको आयोजनामा शान्तिनगर र बबई गाउँपालिकाका ३ स्थानमा सडक नाटक प्रदर्शन गरिएको थियो ।

मानव कसारी बेचबिखनमा पर्न सक्छ, कस्ता ब्यक्तिको संगतले मान्छे बेचबिखनमा पर्न सक्छ र लोभ लालचले मान्छेलाई कहाँ सम्म पुर्याउछ भन्ने विषयबस्तु समेटिएको सडक नाटकमा उमेस नेपाली, पार्बती परियार लागएतका कलाकारले अभिनय गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर