दाङ, २१  वैशाख ।

दाङको तुलसीपुरमा जापानिज भाषाको बोर्ड राख्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएको छन् । मृत्यु हुनेमा जापानिज भाषा पढाउने शिक्षक रुकुमको पुथा उत्तरगङ्गा गाउँपालिका –१२ निवासी २८ वर्षका महेश बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिनुभयो । त्यसैगरी करेन्ट लागेर घाइते हुनेमा सोही ठाउँका १६ वर्षका अर्जुन बिक र भुमे गाउँपालिका –४ निवासी १८ वर्षकी मनिता बिक रहेका छन् ।

तुलसीपुरको विद्युत कार्यालय नजिकै २० गते बेलुकी ५ बजे पुरानो बोर्ड झिकेर नयाँ बोर्ड राख्ने क्रममा फलामले हाइटेन्सन लाइनमा छुँदा तीनैजनालाई करेन्ट लागेको थियो । घाइते मध्य महेशको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा साँझ साढे सात बजे मृत्यु भएको थियो । त्यसैगरी घाइते अर्जुन र मनितालाई थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर