
हापुरे, बैसाख १६ गते ।
दाङको बबई गाउँपालिकाकाे बिकट क्षेत्र वडा नम्बर १ काे गंगटेमा शनिबार सम्पन्न नि:शुल्क नवजात शिशु तथा बाल बिशेषज्ञ स्वास्थ शिबिरमा विभिन्न समस्या भएका २ सय १ जना बालबालिका लाभान्वित भएका छन्। आधारभुत स्वास्थ केन्द्र गंगटेमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन भएको शिबिरमा भाईरल ज्वराे, रुघाखोकी झाडापखाला लगायतका विभिन्न समस्या भएका बालबालिकाहरुकाे चेकजाँच तथा उपचार गरिएको छ।


तुलसी हस्पिटल प्रालिको आयाेजनामा सञ्चालन भएको शिबिरमा बरिस्ठ बाल राेग बिशेषज्ञ डा.किशोर खत्रीकाे नेतृत्वमा खटिएका स्वास्थ्यकर्मिहरुले सेवा दिएका छन् । २ सय १ जना बालबालिका मध्य ५ जना गम्भीर प्रकृतिका बिरामी फेला परेको डा. खत्रीले जानकारी दिनुभयो । ३ जना जन्मजात मुटु राेगी, १ जना हाइपरथाइरोडिजम र १ जना मस्तिष्क पक्षाघातकाे समस्या भएको बालबालिका भेटिएका छन्।
बिशेष गरि ग्रामीण क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ सेवा संग जाेड्न शिबिर सञ्चालन गरिएको शिबिरमा सबै प्रकारका बालराेगहरुकाे निशुल्क चेकजाँच तथा ओैसधी बितरण गरिएकाे थियाे ।