हापुरे १३ बैशाख ।
सरस्वती मा.बि. बबई ७ चरकमटिया, दाङको बिध्यालय ब्यबस्थापन समिती, शिक्षक अभिभावक संघ र शिक्षक स्टाफको सयुक्त मंगलबार सम्पन्न भएको छ । संयूक्त बैठकले कक्षा शिसु, केजी र १ को पढाइ अङ्ग्रेजी मिडियममा सुरु गराउने, होस्टेल सन्चालनका लागि प्रक्रिया सुरु गर्ने, बिध्यार्थीलाई कक्षाकोठामा मोबाइल लिन नपाउने, बिध्यार्थी भर्ना अभियानलाई सफल पार्न अभियान सन्चालन गर्ने लगाएतका निर्णय गरेको छ ।

बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष प्रेम बहादुर राम्जाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । शिक्षक, ब्यबस्थापन समिती, शिक्षक अभिभावक संघ र अभिभावक मार्फत आएका सुझाबलाई ध्यानमा राखेर आगामी दिनमा कार्यान्वयन र प्रक्रियामा लैजाने प्रतिबद्धता समेत अध्यक्ष राम्जाले गर्नु भएको छ ।

अध्यक्ष राम्जाले बिध्यालय बनाउने अभियानमा जोडिन सबैमा आग्रह समेत गर्नु भएको छ । अध्यक्ष राम्जाले शिशु, केजी र कक्षा १ मा अंग्रेजी माध्यमबाट पढाई हुने हुँदा निशुल्क पढाई हुने सामुदायिक बिद्यालयमा नै आफ्ना बालबालिकालाई भर्ना गराउन अनुरोध समेत अविभावकहरुमा गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर