हापुरे, बैसाख १३ गते ।

बबई गाउँपालिकाका साामाजिक बिकाश समितिका संयोजक टेक बहादुर वलीले हरेक क्षेत्रमा आयोजना हुने तालिममा सहभागी हुने प्रशिक्षार्थीहरुले आफ्नो जिवनस्तर माथि उठाउने र आर्थिक लाभ लिने लक्ष्य राख्नुपर्ने बताउनुभएको छ । बबई गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा आज देखि हापुरेमा सुरु भएको ५ दिने सरफ बनाउने तालिमको उद्घाटन कार्यक्रममा बोल्दै वलीले यस्तो बताउनु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वलीले बबईको मागलाई पूरा गर्ने गरि सरफ उत्पादन गर्ने उदेश्यका साथ तालिम सञ्चालन गरिएको भन्दै मन लगाएर सिक्न अनुरोध गर्नुभयो । सिकेका कुरा तालिम हल भित्र मात्रै सिमित हुने कुराको अन्त्य गर्दै सीप सिकेर उधमी बन्ने लक्ष्य राख्नुपर्ने बताउनुभयो ।

बबई गाउँपालिकाको आर्थिक बर्ष २०७९÷८० को स्वइकृत बजेट अनुसार महिलाहरुको सीप बिकास अन्तरगत महिला दिदिबहिनीको सीप बिकास र उहाँहरुको आर्थिक सम्बृद्दी गर्ने उदेश्यका साथ ५ दिने सरफ बनाउने तालिम आयोजना गरेको बबई गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख इश्वरा रावतले बताउनुभयो ।

बबई गाउँपालिकाको सभाहलमा ५ दिनसम्म सञ्चालन हुने तालिममा गाउँपालिका भित्रका वडा नम्बर २ देखि ७ सम्मका ३० जना महिला दिदिबहिनीहरुको सहभागीता रहेको छ। तालिममा प्रशिक्षकको रुपमा बिगत १५ बर्षदेखि महिलाहरूको जिवनस्तर माथि उठाउन विभिन्न सीप बिकासका तालिमहरु सञ्चालन गर्दै आउनुभएकि नारी सीप समाज घोराहीकी अध्यक्ष बिष्णु थापा रहनुभएको छ।

बबई गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मोहानलाल दाहालको अध्यक्षता तथा बबई गाउँपालिकाका साामाजिक बिकाश समितिका संयोजक टेक बहादुर वलीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन बबई गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख इश्वरा रावतले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर