हापुरे ११ बैशाख ।
सामुदायिक बिद्यालयले विभिन्न बाहनामा अविभाक तथा बिद्यार्थी संग शुुल्क उठाएको भन्दै अनेरास्वबियू बबई गाउँकमिटीले गाउँपालिका अध्यक्षलाई ध्यानार्कषण पत्र बुझाएको छ । नेपाल सरकारले अनिवार्य निशुल्क शिक्षाको ब्यबस्था गर्दै सामुदायिक विद्यालयमा निशुल्क शिक्षा प्रदान गर्ने निती बनाएको भएपनि सामुदायिक बिद्यालयहरुले विभिन्न बाहनामा शुल्क लिई रहेको प्रति असन्तुस्टी जनाउदै ध्यानाकर्षण गराईएको अनेरास्ववियू बबईका कोषाध्यक्ष हिमाल परियारले बताउनु भएको छ ।

कोषाध्यक्ष परियारले स्थानिय तह आफैमा एउटा सरकार भएकाले सामुदायिक बिद्यालयले गरेका क्रियाकलापको निगरानी गरि त्यसको नियमन गर्नु पर्ने बताउनु भयो । उहाँले निशुल्क शिक्षा प्रदान गर्नु पर्ने राज्यको दायित्व भएको बताउदै बिभिन्न वाहानामा उठाईएको शुल्कको विरोध समेत गर्नु भयो । जिल्ला कमिटी दाङको कार्यक्रम अन्तरगत बबई गाउँपालिकामा पनि ध्यानार्कषण पत्र बुझाईएको हो ।

यता बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीले यसको बिषयमा अनुगमन गरेर नियमन गर्ने बताउनु भएको छ । त्यस्तै बबई गाउँपालिका शिक्षा अधिकृत मोहनलाल दाहालले सामुदायिक बिद्यालयलाई सबै शिर्षकमा नेपाल सरकारले वजेटको ब्यबस्था गरेको बताउदै विद्यार्थी संग शुल्क उठाउन नहुने बताउनु भएको छ ।

ध्यानाकर्षण पत्र अनेरास्ववियू बबईका कोषाध्यक्ष तथा मावि पदमपुर ईकाई कमिटीका अध्यक्ष हिमाल परियार र अनेरास्ववियू मावि पदमपुर ईकाई कमिटी सचिव जयराम वली सहितको टोलीले बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्री र शिक्षा अधिकृत मोहन दाहाललाई धानाकर्षण पत्र बुझाउनु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर