हापुरे ११ बैशाख
पश्चिम दाङको बबई गाउँपालिकाले खरीदार/सहायक चौथो , नायब सुब्बा/सहायक पाचौं पदका लागी अनलाईन द्धारा निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

बबई गाउँपालिकाको आ.व. २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार लोकसेवा आयोग तयारी कक्षा सञ्चालन गर्न लागेकाले सरकारी सेवा तर्फ आकर्षित युवाहरुलाई निशुल्क अनलाईन तयारी कक्षामा सहभागी हुन अनुरोध गरिएको छ ।

तयारी कक्षामा सहभागी हुन ईच्छुकले मिति २०८०/०१/१७ गते भित्र वडा कार्यालयको सिफारिस सहित बबई गाउँपालिकाको कार्यालयमा निवेदन पेश गर्न प्रसाशन शाखा प्रमुख तेजेन्द्र बहादुर घर्तिले अनुरोध गर्नु भएको छ ।
ववई गाउँपालिकामा स्थायी वसोबास गर्ने, पुरुषको हकमा १८ वर्ष पुरा ३५ वर्ष सम्म र महिलाको हकमा ४० वर्ष ननाघेका नागरिकले तयारी कक्षाका लागी आबेदन दिन सक्ने बताईएको छ । .

अनलाईन कक्षा लिन चाहाने यूवाहरुको न्यूनतम योग्यता सहायक चौथौ पदको लागि एस.ई.ई/एस.एल.सी. वा सो सरह र सहायक पाँचौ कक्षा लिन चाहाने यूवाको न्यनतम योग्यता कक्षा १०+२ प्रविणता प्रमाण पत्र तह वा सो सरह उतिर्ण भएको प्रमाण पत्रको प्रतिलिपी सहित आबेदन दिन सकिने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर