हापुरे १० बैशाख ।
बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीले बबई गाउँपालिकामा खेलकुदलाई यूवा खेलाडीको आकंक्षा अनुसार अगाडि बढाउने बताउनु भएको छ ।

बबई गाउँपालिकामा गत बैशाख ७ गते देखी सुरु भएको प्रथम बबई गाउँपालिका स्तरिय रनिङ शिल्ड प्रतियोगितामा बोल्दै अध्यक्ष खत्रीले गाउँपालिका भीत्रका यूवाहरुले खेलकुदमा दिएको चासोको प्रसंसा गर्दै गाउँपालिकाले निर्माण गर्ने खेलकुदका योजना खेलाडीको आकंक्षा अनुसार बनाउने भताउनु भयो ।

प्रतियोगितामा पुरुष फुटबल, महिला पुरुष भलिबल, क्रीकेट, क्राते, एथलेटिक्स लागएतका खेलकुद संचालन भएका थिए । बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीको अध्यक्षता तथा जिल्ला समन्वय समिती उपप्रमुख चेतना चौधरीको प्रमुख आतिथ्यता एवम शिक्षा शाखा प्रमुख मोहनलाल दाहालको बिशिष्ट आतिथ्यतामा सम्पन्न समापन कार्यक्रमको सहजीकरण खेलकुद समितीका सदस्य टोपेन्द्र थापाले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर