पञ्चकुले, १० बैशाख ।

पश्चिम दाङमा पिकअपको ठक्करबाट एक बालक भम्भिर घाइते भएका छन । घाइते हुनेमा बाकेको राप्ती सोनारी गाउँपालिका २ अगैँया घर भई हाल दाङको बबई गाउँपालिका ६ पञ्चकुले स्थित मामाको घरमा आएका ९ वर्षीय रिसभ ठाडामगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार तुलसीपुरबाट हापुरे तर्फ जादै गरेको भे १ च २०३९ नम्बरको जिपले पञ्चकुले नजिकै बाटोमा हिडिरहेका रिसभलाई ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा परि घाइते भएका बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ भने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर