
हापुरे १० बैशाख ।
बबई गाउँपालिकामा गत बैशाख ७ गते देखी सुरु भएको प्रथम बबई गाउँपालिका स्तरिय रनिङ शिल्डको उपाधी वडा नं. ३ ले हात पारेको छ । जम्मा १९ स्वर्ण पदक रहेको प्रतियोगितामा ११ स्वार्ण पदक जित्दै वडा नं. ३ उपाधी हात पार्न सफल भएको हो ।
त्यस्तै प्रतियोगिगतामा ३ स्वर्ण पदक जितेको वडा नं. २ प्रतियोगिताको दोस्रो हुन सफल भएको छ भने २ स्वर्ण पदक जितेको वडा नं. ६ तेस्रो र १ स्वर्ण प्राप्त वडा नं. एक चौथो स्थानमा रहको छ भने वडा नं. ४, ५ र ६ ले एउटा पनि स्वर्ण पदक जित्न सकेनन् ।


७ गतेबाट सञ्चालन भएको प्रतियोगितामा पुरुष फुटबल, महिला पुरुष भलिबल, क्रीकेट, क्राते, एथलेटिक्स लागएतका खेलकुद संचालन भएका थिए । यसैबिच उक्त प्रतियोगिताको आज एक कार्यक्रमका विच समापन गरिएको छ ।
बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीको अध्यक्षता तथा जिल्ला समन्वय समिती उपप्रमुख चेतना चौधरीको प्रमुख आतिथ्यता एवम शिक्षा शाखा प्रमुख मोहनलाल दाहालको बिशिष्ट आतिथ्यतामा सम्पन्न समापन कार्यक्रमको सहजीकरण खेलकुद समितीका सदस्य टोपेन्द्र थापाले गर्नु भएको थियो ।