दाङ १० वैशाख । पाल्पाको जोरधाममा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । बसमा सवार ३५ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

 

बुटवलबाट बाग्लुङ बुर्तिबाङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको जोरधाममा आज बिहान सवा ९ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता विरेन्द्र थापाले जानकारी दिनुभएको छ ।

दुर्घटनामा घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रवक्ता थापाले जानकारी दिनु भएको छ । दुर्घटनाग्रस्त बस सडकबाट १०० मिटर तल खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर