दाङको बबई गाउँपालिकामा सुरु भएको प्रथम बबई रनिङ शिल्ड प्रतियोगिता अन्तरगत फुटबल प्रतियोगितामा वडा नम्बर ४ र वडा नम्बर ६ फाईनलमा पुगेका छन ।

पहिलो सेमिफाइनलमा वडा नम्बर ५ लाई ३-० गोल अन्तरले पराजित गर्दै वडा नम्बर ६ फाइनलमा पुगेको हो भने हिजै भएको दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर १ लाई २-१ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ४ फाइनलमा प्रबेश गरेको हो ।

रनिङ शिल्ड प्रतियोगितामा पुरुष फुटबल, महिला पुरुष भलिबल, क्रीकेट, क्राते, एथलेटिक्स लागएतका खेलकुद संचालन भईरहेका छ्न । गत ७ गतेबाट सुरु भएको प्रतियोगिताका फाईनल खेलहरु आज हुने छन । फुटबलको फाईनल खेल आज दिउँसो २ बजे पदमपुर खेल मैदानमा हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर