दाङ, ८ बैशाख । दाङको तुलसीपुरमा अटो दुर्घटना हुदा ४ जना घाइते भएका छन । घाइते हुनेमा अटोमा सवार घोराही ८ का ५९ वर्षीय पुर्ण बहादुर विक, सोही ठाँउका २६ वर्षीया रिता विक, ६० वर्षीया सनमाया विक र ३२ वर्षीय रामकुमार विक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

तुलसीपुरबाट ग्वारखोला तर्फ जादै गरेको रा १ ह ५४८१ नम्बरको अटो तुलसीपुर ६ स्याउली बजार नजिकै अनियन्त्रीत भएर पल्टिदा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते चारै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको र अटो चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै दाङको तुलसीपुरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एकजना घाइते भएका छन । घाइते हुनेमा दंगीशरण गाउँपालिका १ बाँकी निवासी १८ वर्षीय अर्जुन केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभएकोे छ ।

उहाँका अनुसार तुुलसीपुरबाट बालापुर तर्फ जादै गरेको ना ४ ख ६९४९ नम्बरको बसले सोही दिशा तर्फ जादै गरेको रा ४ प १९३० नम्बरको मोटरसाइकललाई तुलसीपुर ८ कृष्णमन्दिर नजिकै ओभरटेक गर्ने क्रममा ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको र दुबै सवारी चालकलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक केसीले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर