शान्तिनगर ५ बैशाख ।
लोक गित सर्जक डण्ड पानी पाण्डेले यहि आउने हिउंदमा सिंदुर भर्ने सिंउदोमा नामक म्युजिक भिडियो श्रोता माझ ल्याएका छन । सर्जक पाण्डेले हाल सम्म ३ सय बढी लोक गित हरु सिर्जना गरेका छन २०५३ सालमा जाम बुढी हाम्रो घर बाटो यतै हो बुढा लाई बुढी चाइने रितै हो भन्ने बोलको गित उनको पहिलो सिर्जना हो उक्त गितमा राम थापा र सीता थापाले स्वर दिएका छन।
सर्जक डण्ड पानी पाण्डेका चर्चित गितहरु ए नानी गाजले मत मरे लाजले, पोइल जान पाम, तुलसिपुरैमा त्यसै गरि पान मीठो चुनाले, दाहिने गालैमा उनका गितहरुमा राष्ट्रिय स्तरका कलाकार  राजु परियार, खुमन अधिकारी , बिमा कुमारी दुरा, बिष्णु माझी त्यसै गरि भगवान भण्डारी र कोमल ओलिको स्वर रहेको छ।सर्जक पाण्डेले  २०५३ सालमै रेडियो नेपालमा बासुरी बाधकको रूपमा जागिर समेत खाए करिब ९ बर्ष पछि उक्त जागिर पनि छोडेर गित सर्जकमा लागे उनका प्राय जसो गित गायिका कोमल ओलिले गाएको पाण्डे बताउछन।
सर्जक पाण्डे एक दसक गुमनाम रहे घरायसी कारणले आफ्नो निरन्तरता लाई दिन नसकेको र यहि पेसाले जीवन यापन गर्न गार्‍हो हुने उनी बताउछन तर समय परिस्थिति बदलिए संगै फेरि उनी गित सिर्जनामा लागेका छन दुई दसक अघिको समय र अहिलेको समय निकै फरक छ त्यो बेला अहिलेको जस्तो संचारको युग थिएन त्यसैले समय परिबर्तन संगै आफ्नो पेसा लाई अगाडि बढाएको छु सर्जक पाण्डे बताउछन।
दाङ को शान्तिनगर गाउँ पालिका वडा नम्बर ३ बुद्ध नगर टोल निवासी ६० बर्षिय पाण्डेले पछिल्लो पटक ल्याएको यहि आउने हिउंदैमा सिंन्दुर भर्ने सिउंदोमा म्युजिक भिडियोमा गायिका राधिका हमालको स्वर रहेको छ भने मोडेलको रूपमा रबिना परियार , पुजा बि क लगाएतले अभिनय गरेका छन त्यसै गरि छायांकन अभिषेक मल्लले गरेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर