
हापुरे, बैसाख २ गते।
पश्चिम दाङको ब्यापारिक केन्द्र हापुरे बजारमा पहिलो पटक आँखा उपचार केन्द्रको खुलेको छ । बबई गाउँपालिका ५ हापुरे बजारमा ओम आँखा उपचार केन्द्रको बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीले उद्घाटन गर्नु भएको छ ।


पश्चिम दाङमा आँखाको समस्या भएका बिरामीहरुलाई मध्यनजर गर्दैं स्थापना गरिएको उपचार केन्द्रमा दैनिक रुपमा दृष्टि बिशेषज्ञद्वारा आँखा सम्बन्धि सबै किसिमका समस्याको चेकजाँच तथा उपचार गरिने अस्पताल परिवारले जनाएको छ ।
उद्घाटन कार्यक्रममा पालिका अध्यक्ष खत्री, स्वास्थ शाखा प्रमुख हरी खड्का, बबई ५ का वडाध्यक्ष हर्क बहादुर श्रीस मगर, बाघमारे सहकारी संस्थाका अध्यक्ष चुडामणि कडेल,रेडियो हापुरेका कार्यालय प्रमुख रामप्रसाद सुवेदी, छहरा अनलाइनका अध्यक्ष झुपलाल बुढाक्षेत्री, लगायतको उपस्थिति रहेको थियो ।