हापुरे, चैत २९ गते ।

दाङको बबई गाउँपालिका ५ हापुरेमा रहेको जनकल्याण मावि पदमपुरको अभिभावक भेला सम्पन्न भएको छ। बिधालयका शिक्षक अभिभावक संघका अध्यक्ष तरा बहादुर भण्डारीको अध्यक्षता, लुम्बिनी प्रदेशका प्रदेश सांसद धन बहादुर मास्की राजेशुको प्रमुख आतिथ्यता, बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्री क्षेत्री र शिक्षा अधिकृत मोहन दाहालको बिशिस्ट आतिथ्यतामा भेला सम्पन्न भएको हो।

भेलाले बिधालका विभिन्न समस्या समाधान गर्न श्रोत ब्यबस्थापन गर्ने,प्राविधिक धारको थप ब्यबस्थापन गर्ने, भर्ना अभियान बैसाख ४ गतेदेखि सञ्चालन गर्ने नेपाल सरकारबाट पाठ्यपुस्तक प्राप्त हुनासाथ कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।

भेलाले बिधालयका लेखापाल लिला खड्काले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिबेदन र प्रधानाध्यापक गणेश बहादुर केसीले प्रस्तुत गर्नुभएको शैक्षिक बिबरण संगै आगामी कार्ययोजना पास गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर